इरानका राष्ट्रपति दुई दिने भम्रणका क्रममा कतारमा
प्रकाशित मिति
२०७८ फाल्गुन ९ गते, सोमबार ०७:४१
९ फागुन २०७८, काठमाडौँ : इरानका राष्ट्रपति इब्राहिम राइसी कतार पुगेका छन् । कतारका राजकुमार अमिरतमिम बिन हमाद अल थानीसँग उच्चस्तरीय वार्ता गर्न तथा ग्यास निर्यात गर्ने देशहरूको सगंठन (जीईसीएफ)मा सहभागी हुन राष्ट्रपति राइसी कतार पुगेका हुन् ।
राष्ट्रपति राइसी दुई भम्रणका क्रममा त्यहाँ उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । कतारको विमानस्थलमा सञ्चारकर्मीसगँ कुरा गर्दै राष्ट्रपति राइसीले दुई देशको राजनीतिक तथा आर्थिक पक्षमा थप सुदृढ हुनेमा आफु विश्वस्त रहेको बताएका थिए ।
इरानका सडक तथा यातायात मन्त्री रोस्तम घासेमीका अनुसार दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर हुनेछ । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको पानीमुनि सुरुङमार्फत इरान र कतारलाई जोड्ने योजनामा सम्झौता हुनेछ ।
यस्तै अन्य दुईवटा सम्झौता शिपिंग र सामुद्रिक व्यापारलाई बढावा दिने तथा चौथो दुई देशबीचको हवाई यात्रामा सुधार गर्ने विषयमा पनि हस्ताक्षर हुने ताइएको छ ।
यस्तै भोलि हुने (जीईसीएफ) शिखर सम्मेलनमा उनले इरानको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ । इरानमा विश्वको दोस्रो ठूलो प्राकृतिक ग्यास भण्डार रुपमा रहेको छ ।






प्रतिकृया