• 9:34 pm

गठबन्धनको निर्णायक बैठकअघि प्रचण्ड र माधव छलफलमा

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ०३:१३

५ फागुन २०७८ काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो ।


गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको जनाइएको छ ।


भोलि बस्ने संसद बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रधानमन्त्रीको तयारी छ । तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा अघि बढाउन नहुने अडान राख्दै आएको छ । एकीकृत समाजवादी पनि एमसीसीलाई जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुनेमा अडिक देखिन्छ ।

प्रतिकृया