विश्वकप ग्लोबल छनोट : नेपालको ओमानसँग प्रतिस्पर्धा
प्रकाशित मिति
२०७८ फाल्गुन ५ गते, बिहीबार ०२:५९
५ फागुन २०७८, काठमाडौं : आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपाल र ओमनबीच भोलि शुक्रबार प्रतिस्पर्धा हुने छ ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा छन् । वैकल्पिकमा भने कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी छन् ।
विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित टि ट्वान्टी सिरिज खेलेको थियो । यसमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । त्यसअघि नेपालले ओमानसँग टी–ट्वान्टीमा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।








प्रतिकृया