• १९ असोज २०८३, सोमबार
  • ७ः१५ बेलुका

‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक, ८.५५ प्रतिशत ब्याज पाइने

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ०९:१७

५ फागुन २०७८, काठमाडाैँ : महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक गरेको छ । मात्र रु. ५१ मा खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरि मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुको रु।पाँच लाखको दुर्घटना मृत्यु वीमासमेत गरिएको छ ।

National Life

साथै, निःशुल्क अन्तर शाखा कारोबार, मोबाइल बैंकिङ सुविधा, अनलाइन बैंकिङ सुविधा, भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । देशैभर छरिएर रहेका शाखामार्फत यो खाता खोल्न सकिन्छ ।


यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखा रहेका छन् । बैंकले आफ्नो शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाप्रदान गर्दै आएको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभि चिव वेसड् ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्डसमेत जारी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया