• १५ असोज २०८३, बिहीबार
  • २ः१८ राती

ब्राजिलमा बाढी पहिरोले ७१ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ०६:५२

५ फागुन २०७८, रियो दि जेनेरियो : ब्राजिलमा बाढी र पहिरोमा परेर ७१ जनाको मृत्यु भएको छ। ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन्। रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ। बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन्।

National Life

सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन्। बाढीमा फँसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ। समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ। ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने। बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए।


रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए। बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया