राष्ट्रपतिसमक्ष राजदूतको पद तथा गोपनीयता सपथ
प्रकाशित मिति
२०७८ फाल्गुन ४ गते, बुधबार ०४:४०
/fhb"tsf] zky
sf7df8f}F, $ kmfu'g M
/fi6«klt ljBfb]jL e08f/L a'waf/ ;+o'Qm clw/fHosf nflu g]kfnsf] cfjf;Lo /fhb"t kbdf lgo'Qm 1fgrGb| cfrfo{nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/ ;f}hGoM /fi6«kltsf] sfof{no÷/f;;
४ फाल्गुन २०७८, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन् । त्यसअवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।





प्रतिकृया