• २३ भदौ २०८३, मंगलबार
  • २ः४० राती

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच स्थानीय निर्वाचनको बजेटबारे छलफल

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०३:५६

२६ माघ २०७८, काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच स्थानीय तह निर्वाचन लक्षित बजेटबारे बुधबार छलफल भएको छ ।

National Life

नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा भिष्मकुमार भुसालका अनुसार गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको छ ।


छलफलमा गृहमन्त्री खाँणले निर्वाचनको कामलाई द्रुतरुपमा अगाडि बढाउन आग्रह गरेका छन् । त्यस्तै, अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषयबस्तुबारे अवगत गराइने उनले बताएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थमन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए ।


उक्त छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा। भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।

प्रतिकृया