• 8:59 pm

पूर्वकोषाध्यक्ष उद्धव पौडेलले गरे राप्रपा छाड्ने घोषणा

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०१:२६

२६ माघ २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।


उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको जाएका छन्। ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेखेका छन् ।

निवर्तमान अध्यक्ष थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले पनि छाडेका हुन् ।

प्रतिकृया