• २० भदौ २०८३, शनिबार
  • ३ः१९ राती

नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०३:०३

२४ माघ २०७८ काठमाडौं :  नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया शुरु भएको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी प्रस्ताव तयार गरेको बताएका हुन् ।

National Life

प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैक दर्ता प्रकृया शुरु गरेको भण्डारीले बताए ।

कार्यक्रममा प्रस्तावित बैकका प्रमुख सल्लाहकार एवं आनन्द ढुंगानाले प्रस्तावित बैक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रकृया अबिलम्ब अघि बढाउन आग्रह गरे ।

Classic Tech Desktop

प्रस्तावित बैकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उप रजिष्ट्रार लगायतका अधिकारीलाई प्रस्तावित बैकको अवधारणा पत्र प्रस्तुत गरेको थियो । बैक तदर्थ समितिका अध्यक्ष भण्डारीले अनुमतिपत्र पाए लगत्तै बैक सञ्चालनमा आउने बताए ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले स्पष्ट व्यवस्था गरे अनुसारको प्रकृयाहरु पुरा गरेपछि सहकारी विभागमा दर्ता गरी नेपाल राष्ट्र बैंकको अनुमती लिएर बैँकिंग कारोबार सुरुवात गर्ने प्राबधान अनुसार बैक दर्ता प्रकृया अन्तिम चरणमा पुगेको अध्यक्ष भण्डारीले बताए ।

प्रतिकृया