• 7:35 pm

प्रधानमन्त्री देउवा र ओलीबीच भेटबार्ता हुँदै, प्रचण्ड पनि सहभागी हुने

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ०१:५५

२३ माघ २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आज आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदै छन् ।


यस भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीकाबीच ​समसामयिक विषयमा छलफल हुने प्रेस विज्ञ रामशरण बजगाइँले बताए। साथै ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि भेटमा जाने भएका छन् ।


आजको भेटमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ ।

प्रतिकृया