• २३ भदौ २०८३, मंगलबार
  • ७ः३९ बिहान

राहदानी विभागको अनलाइनफर्म कीर्ते आरोपमा तीनजना पक्राउ

प्रकाशित मिति

२०७८ माघ २२ गते, शनिबार ०३:२१

२२ माघ २०७८, काठमाडौँ :  राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी परिसरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका-७ सिन्धुपाल्चोक घर भई काठमाडौँको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेसीसहर गाउँपालिका-११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

National Life

त्रिपुरेश्‍वरस्थित राहदानी विभागको बाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी टोली परिचालित भई खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनीहरुको साथबाट प्रहरीले कम्‍युटर, ल्‍यापटप र प्रिन्टर एकरएक वटा तथा ४० हजार नगद र ५० थान कीर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको । महानगरीय प्रहरी परिसर काठमाडौँ जनाएको छ ।

प्रतिकृया