७९८ एम्पुल लागु औषधसहित युवती पक्राउ
प्रकाशित मिति
२०७८ माघ २२ गते, शनिबार ०३:३१
२२ माघ २०७८, काठमाडौँ : हेटौंडा मकवानपुरको बस्तीपुर उपमहानगरपालिका वडा नम्बर–१९ बस्तीपुरबाट शुक्रबार राति ८ बजेको समयमा करिब ८ सय एम्पुल लागु ठुलो मात्रामा औषधसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुरको बकैया गाउँपालिका–४ छतिवन घर भई हाल हेटौडा–१९ बस्तिपुरस्थित डेरा गरेर बस्दै आएकी वर्ष २९ की नानीमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।
खत्रीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित बस्तिपुरस्थित उनकै डेरा कोठाबाट पक्राउ गरेको प्रहरी निरिक्षक दासले बताए ।
प्रहरीका अनुसार खत्रीको डेराबाट डाईजेपाम २ सय ८० एम्पुल, फेनार्गन २ सय ६८ एम्पुल र नुफिन २ सय ५० एम्पुल गरी कुल ७ सय ९८ एम्पुल लागु औषध बरामद गरेको हो ।
उक्त परिमाणको लागु औषध लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला परेको प्रहरी निरीक्षक दासले बताए । लागुऔषधसहित खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाई छ ।





प्रतिकृया