पशुपति क्षेत्रमा अबैध फूल-उपहार पसल र टहरा हटाउन १५ दिनको अल्टिमेटम
प्रकाशित मिति
२०७८ माघ २१ गते, शुक्रबार १०:२४
२१ माघ २०७८, काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो ।
कोषले १५ दिनभित्र अर्थात ३ फागुनभित्र उक्त स्थान खाली गर्न सूचना जारी गरेको छ र यस समयभित्र खाली नगरेमा आफै हटाउने चेतावनी समेत कोषले दिएको छ ।
कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्ने छ ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया