• २७ भदौ २०८३, शनिबार
  • ७ः१७ बिहान

आईएसका नेता कुरेशी मारिएको अमेरिकाको दाबी

प्रकाशित मिति

२०७८ माघ २० गते, बिहीबार ०७:४६

२० माघ २०७८, एजेन्सी: अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको दाबी गरेका हुन् । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ ।

National Life

‘हाम्रा ती सिपालु र वीर सैनिकहरुलाई धन्यवाद छ, हामीले अबु इब्राहिम अल हसिमी अल कुरेसीको युद्ध क्षेत्र कब्जा गरेका छौं’ बाइडेनले विज्ञप्तिमा भनेका छन् । उनले यो सैन्य कारबाहीमा सहभागी अमेरिकीहरु सकुशल रहेको पनि उल्लेख गरेका छन् ।


यो सैन्य कारबाहीको वाइडेनले आफ्ना उपराष्ट्रपति र राष्ट्रपतिका सुरक्षा सल्लाहकार टिमका सदस्यहरुसँगै बसेर अनुगमन गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया