भारतीय अपराधीको प्रयोग गरेर अनिलकुमार मण्डलले तीन जनाको हत्या गरेको खुलासा
प्रकाशित मिति
२०७८ माघ २० गते, बिहीबार ०८:०४
२० माघ २०७८, काठमाडौँ : मोरङको उखुबारीमा हत्या गरिएको दुई शवको अनुसन्धानका क्रममा बिहिबार एक जनाको शव फेला पारेको छ । ललितपुरको धापाखेलमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव भेटिएको हो । ५ फिट तल गाडेको अवस्थामा उनको शव भेटिएको र शवको उत्खनन भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अनिलकुमार मण्डलको बयानका आधारमा प्रहरीले तेस्रो व्यक्तिको पनि हत्या भएको पत्ता लागेको हो । बिहीबार साँझ भेटिएको मोहनप्रसाद लिम्बुको शव एक घरको कम्पाउन्डनजिकै खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । अपराध महाशाखाका अनुसार लिम्बुको हत्या मङ्सिर २८ गते नै भएको पाइएको छ । मण्डलले भाडामा लिएको घरनजिकै उनको शव गाडेका थिए । अनुसन्धानका क्रममा पक्राउ परेका मण्डलले मङ्सिर २८ गते नै लिम्बुको हत्या गरेर सव गाडेको बयान दिएपछि प्रहरीले शव उत्खनन गरेको हो ।
यता मोरङको उखुबारीमा भेटिएको शव पनि मण्डलकै योजनामा हत्या भएर गाडेको अवस्थामा फेला परेको थियो । मोरङमा भएको हत्यामा मण्डलले केही भारतीय पेसेवर अपराधीको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मण्डलले आर्थिक कारोबारका कारण उनीहरूको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।






प्रतिकृया