• २५ भदौ २०८३, बिहीबार
  • १०ः१९ राती

सामाजिक सुरक्षा कोषले हालसम्म ६९ करोड दाबी भुक्तानी

प्रकाशित मिति

२०७८ माघ २० गते, बिहीबार ०७:११

० माघ २०७८, काठमाडौं : सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।

National Life

यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत रु नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।


हालसम्म रु १२ अर्ब ७६ करोड योगादन रकम सङ्कलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बागमतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन् ।

प्रतिकृया