• २४ भदौ २०८३, बुधबार
  • २ः४२ दिउँसो

पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड तय गर्न समिति गठन, मृत्यु भएमा ७ लाख प्रदान गर्ने ब्यवस्था गरिँदै

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ११:४५

१९ माघ २०७८, काठमाडौं मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो।

National Life

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवका अनुसार समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष, प्रदेशका आठवटै जिल्लाका पत्रकार महासङ्घ शाखाका अध्यक्ष वा प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक सङ्घ, व्यावसायिक रेडियो, टेलिभिजनका प्रतिनिधि, आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत, मिडिया काउन्सिलका प्रशासकीय अधिकृत र दुई वरिष्ठ पत्रकारलाई राखिएको छ ।


आमसञ्चार प्राधिकरणले प्रदेशभरिका पत्रकारका लागि रु ७ लाखको स्वास्थ्य बिमा गराउने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष यादवका अनुसार उक्त बिमामा स्वास्थ्यका साथै पत्रकारको दुर्घटना बिमा पनि समावेश गरिने छ । पत्रकार अस्वस्थ्य भएमा या दुर्घटनामा परेमा रु १ लाखसम्मको खर्च बिमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु ७ लाख प्रदान गरिने गरी बिमा गर्न लागिएको अध्यक्ष यादवले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, उक्त समितिमा आमसञ्चार प्राधिकरणका अध्यक्ष यादव र मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलाई आमन्त्रित सदस्यका रूपमा राखिएको जानाकारी गराइएको छ ।

प्रतिकृया