एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन पुन: स्थगित
प्रकाशित मिति
२०७८ माघ १९ गते, बुधबार ११:३१
१९ माघ २०७८, काठमाडौं : नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन पुन: स्थगित भएको छ । माघ २३ का लागि तय भएको अधिवेशन कोरोना भाइरसको संक्रमणका कारण स्थगित गरिएको एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले बताए ।
पहिले हिमपातले अधिवेशन हुन नसकेको रअहिले कोरोना बढेको अवस्थामा प्रतिनिधि आउन नसक्ने भएपछि स्थगित गरिएको उनको भनाइ छ ।
एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेको थियो । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको छ ।
बुमीद्वारा जारी निर्देशनमा कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटीका नेतासँग अनौपचारिक सल्लाह गरी अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएको उल्लेख छ ।

Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया