• १९ असोज २०८३, सोमबार
  • १ः३४ दिउँसो

जेठ ५ भित्र स्थानीय निर्वाचन गर्न निर्वाचन आयोगको जोड

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०३:११

१८ माघ २०७८, काठमाडौं : निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाए पनि आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ ।

National Life

आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ । जेठमा चुनाब गर्ने भएपछि जेठ ५ भन्दा पछाडि जान सक्ने अवस्था नरहेको र मितिबारे प्रधानमन्त्रीसँग छलफल हुने स्रोतले जानाकारी दिएको छ ।


जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया