प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारी, स्थानीय चुनावबारे छलफल हुने
प्रकाशित मिति
२०७८ माघ १८ गते, मंगलवार ०२:२९
File photo
१८ माघ २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तहको निर्वाचनबारे छलफल हुने भएकाे छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएका छन् ।
गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ ।








प्रतिकृया