• ४ साउन २०८३, सोमबार
  • ८:३३ बेलुका

नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार ११:३३

१६ माघ २०७८ , काठमाडौं : दुहबी नगरपालिका ५ दुहबीबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र नाईट्रोजेन ५० ट्याब्लेट सहित ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका – ३ का २८ वर्षीय सूर्य घिमिरे, २३ वर्षीय नवराज लिम्बु र सोही उपमहानगरपालिका -१७ का २० बर्षीय बिमल केसी रहेका छन । बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Kamana Sewa

उनीहरु उपर ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया