• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

धनकुटामा सनराइज बैंकको विस्तारित काउन्टर सुरु

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०६:०६

१६ माघ २०७८, काठमाडौं : धनकुटा नगरपालिका–५ मा रहेको करदाता सेवा कार्यालयमा सनराइज बैंकले विस्तारित काउन्टर सेवा विस्तार गरेको छ । उक्त काउन्टरको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले उद्घाटन गरेका हुन् ।


सो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रदेश–१ प्रमुख विवेककुमार निरौलासहित धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीलगायत कर्मचारीको सहभागिता थियो ।

Kamana Sewa

प्रतिकृया