• २४ भदौ २०८३, बुधबार
  • १२ः५८ दिउँसो

लामो समयदेखि रोकिएको आईपीओ निष्काशन प्रक्रिया शुरु

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०५:२६

 माघ २०७८, काठमाडौं :  नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको हो ।

National Life

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएर पछि सरकारले तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएको थियो । अध्यक्ष पद रिक्त भएसँगै बोर्डले आईपीओ निष्काशनका लागि कम्पनीहरुलाई स्वीकृत दिएको थिएन ।


लामो समय पछि आईपीओ स्वीकृति भएसँगै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया