• 4:18 pm

थपिए ४ हजार ९०४ कोरोना संक्रमित, ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ माघ १५ गते, शनिबार ०५:३०

५ माघ २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,९२४ जना संक्रमणमुक्त भएका छन् ।


पछिल्लो २४ घण्टामा काठमाडौंमा १४०४, ललितपुरमा ३०५, कैलालीमा १२०, काभ्रेमा ११६, कास्की र चितवनमा ११५र११५, भक्तपुरमा १११ र धनुषामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया