• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

सत्ता गठबन्धनको बैठक जारी

प्रकाशित मिति

२०७८ माघ १५ गते, शनिबार १०:१८

१५ माघ २०७८, काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन । बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।


प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

Kamana Sewa

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

Classic Tech Desktop

प्रतिकृया