• २३ भदौ २०८३, मंगलबार
  • ११ः३९ बिहान

स्तनपानले आमा र बच्चाको दिमाग तेज हुने

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०७:४९

४ माघ २०७८, काठमाडौं : अमेरिकी वैज्ञानिकले आफ्नो अनुसन्धानमा स्तनपान (ब्रेस्ट फिडिङ) को अर्को एउटा फाइदा पत्ता लगाएका छन् । जुन आमाले बच्चालाई स्तनपानमा जोड दिन्छिन् उनीहरुको बच्चाको स्मरण शक्ति तेज हुने र सोच्ने–सम्झने क्षमतामा कमी आउने जोखिम न्यून हुने अध्ययनले देखाएको छ।

National Life

स्तनपानले बच्चाको मात्रै होइन आमाको पनि स्मरण शक्तिमा सकारात्मक प्रभाव पार्ने देखिएको अध्ययनको दाबी छ । अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकका अनुसार केवल बच्चा मात्रै होइन बढ्दो उमेरका आमाको दिमागमा पनि राम्रो असर पर्ने बताएका छन् ।


स्तनपान नगराउने महिलाको तुलनामा स्तनपान गराउने महिलाको सोच्ने र सम्झने क्षमता बढी हुनेछ, अध्ययनमा उल्लेख गरिएको छ भनेर दैनिक भाष्करले समाचार लेखेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

स्तनपानले शरीरसँगै दिमागमा पनि सकारात्मक असर


शोधकर्ता माली फक्स भन्छिन्–‘यो भन्दा पहिला भएका अन्य कयौं अध्ययनमा पनि आमाको दुधले बच्चालाई लामो समय सम्म स्वस्थ बनाइराख्ने देखाएको छ तर हाम्रो अनुसन्धानमा स्तनपानबाट आमालाई कस्तो फाइदा पुग्छ भन्ने पनि समेटिएको छ ।


५० वर्ष भन्दा बढीको उमेरसम्म पनि स्तनपान गराउने महिला, स्तनपान नगराउने महिलाको तुलनामा बढी स्वस्थ हुनेछन् । ५० वर्षको उमेरपछि सोच्ने–सम्झने क्षमतामा फरक पर्ने भएकाले पनि अनुसन्धानको नतिजा सतर्क गराउने खालको रहेको छ ।


बढ्दो उमेरसँगै अल्जाइमर्स र डिमेन्सिायाको जोखिम पनि रहन्छ । अमेरिकाको दुई तिहाई महिला यी समस्याबाट पीडित छन् ।

प्रतिकृया