• ४ साउन २०८३, सोमबार
  • ७:४० बेलुका

सरकारी छाप दस्तखत किर्ते र ठगी गर्ने पक्राउ

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०७:३३

४ माघ २०७८, काठमाडौं : धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ परेका छन् । छाप किर्ते गरी ठगी गर्ने धनौजी गाउँपालिका–१ का २५ वर्षीय शहादत राइन पक्राउ परेका हुन् ।


उनलाई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । राइनले धनौजीका १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासमानसँग जनही दुई लाख रकम लिई किर्ते कागजपत्र तयार पारिदिएका थिए ।

Kamana Sewa

उनले सडक डिभिजन कार्यालयको आईटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलब र सो पदसम्बन्धी उम्मेदवारको सम्झौता पत्र बनाइदिएका थिए । जनकपुरधामस्थित सडक डिभिजनको लेटर प्याड तयार गरी सरकारी दस्तखत छाप किर्ते गरेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले राइनलाई पक्राउ गरेको हो ।

Classic Tech Desktop

अभियुक्तले अपराध स्वीकार गरिसकेको धनुषाका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया