• ४ साउन २०८३, सोमबार
  • ९:२८ बेलुका

तीन तहको निर्वाचन एकै पटक सम्भव नहुने उपमहासचिव गुरुङको दाबी

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०३:२६

२ माघ २०७८, काठमाडौं : नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि बुधबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भव नहुने बताएका हुन् ।


‘तीन तहको निर्वाचन एकै चरणमा सम्भव छैन, एक तहको त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ ? ’ उनले प्रश्न गरे ।

Kamana Sewa

उपमहासचिव गुरुङले सत्तारुढ गठबन्धनले आलटाल नगरी स्थानीय निर्वाचनको मिति तोक्नतिर लाग्नुपर्ने बताए । पहिले स्थानीय तहको निर्वाचन गरेर प्रदेश र संघीय संसदको निर्वाचन गर्नु नै सुल्टोबाटो हुने भन्दै उनले भने ‘दायाँबायाँ नगरी आलटाल नगरी आफ्नो स्वार्थ नहेरि चुनाव गर्नुपर्छ ।’

Classic Tech Desktop

राष्ट्रियसभा निर्वाचनका मतदाता पूर्वनिर्धारित भएकाले हारजित पहिले नै अनुमान गर्न सकिने भएकाले यो ताजा जनादेश जस्तो नहुने गुरुङले बताए । यद्यपि यो निर्वाचनले पनि केही संकेत भने गर्ने उनको भनाइ छ ।

प्रतिकृया