अवैध लागूऔषध सहित पक्राउ
प्रकाशित मिति
२०७८ माघ ११ गते, मंगलवार १२:४९
११ माघ २०७८, काठमाडौं : बुढानिलकण्ठ नगरपालिका १० कपन रुद्रमतीचोकबाट करिब १० ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका ११ गैरीगाँउ बस्ने धनकुटा मुगा नगरपालिका(७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र बुढानिलकण्ठ नगरपालिका एकताबस्ती बस्ने धनुषा धनुषाधाम नगरपालिका ९ घर भएकी २१ वर्षीया लक्ष्मी लामा रहेका छन् । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(४ एकताटोलबाट करिब ९ सय ग्राम अवैध लागूऔषध चरेस सहित सोही ठाउँ बस्ने ५० वर्षीय नर बहादुर धामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका(२५ सिर्सियाबाट नियन्त्रित लागूऔषध नुर्फिन ८० एम्पुल, डाइजेपाम ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित बारा कलैया उपमहानगरपालिका(१३ बलिरामपुर बस्ने ३७ वर्षीय निरज कुमार मेहतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिकृया