बलिउडका लोकप्रिय गीतकार इब्राहिमको निधन
प्रकाशित मिति
२०७८ माघ ३ गते, सोमबार ०१:२३
३ माघ २०७८, काठमाडौँ : बलिउडका लोकप्रिय गीतकार इब्राहिम अश्कको ७० वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ । उनको मुम्बईको सटेमीरा रोडस्थित मेडीकेटक मल्टीस्पेशियालिट अस्पतालमा निधन भएको हो । उनले फिल्म ‘कहो ना प्यार हे’ को शीर्ष गीतलगायत धेरै फिल्ममा गीत लेखेका थिए ।
इब्राहिमलाई शनिबार एक्कासी ज्वरो आएपछि उनले रगत बमिट गरेका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी मुटुको रोगी पनि थिए । जसकारण उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
उनको जन्म मध्यप्रदेशको मन्दसौर जिल्लामा भएको थियो । उनले बलिउडमा ‘कोई मिल गया’, ‘कृष’, ‘वेलकम’, ‘जानशीन’, ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘आप मुझे अच्छे लगने लगे’ जस्ता फिल्ममा गीत लेखेका थिए । उनले आफ्नो करियरको सुरुवात पत्रकारको रुपमा गरेका थिए । (Agency)
प्रतिकृया