• २२ भदौ २०८३, सोमबार
  • १०ः४३ बिहान

चितवन यातायात कार्यालयमा अनलाइन टोकन प्रणाली सुरु

प्रकाशित मिति

२०७८ माघ ३ गते, सोमबार १०:४५

३ माघ २०७८, काठमाडौँ : जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो ।

National Life

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन सुरु गरिएको थियो । अहिले कोभिड सङ्क्रमणको जोखिम बढेसँगै सवारी नवीकरणमा पनि अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिए ।


एक घण्टामा ३० वटा सवारी र १३ वटा लाइसेन्स नवीकरण गर्ने गरी अनलाइन टोकन सुरु गरिएको उनले बताए। पौडेलले भने, ‘कोभिड बढेकाले एक पटकमा २५ जनाभन्दा बढी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने स्थानीय प्रशासनको आदेशपछि अनलाइन टोकन सुरु गरेका हौँ।’ भीडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरिएको छ ।

Classic Tech Desktop

कोभिडका कारण कार्यालय बन्द हुन नदिन भीडभाड कम गरेर सेवा प्रवाहको योजना रहेको उनले बताए । सेवाग्राहीले कार्यालयको वेबसाइटमा गएर सजिलै अनलाइन टोकन लिन सकिने छ । वेबसाइटको भेटघाट व्यवस्थापन प्रणालीमा क्लिक गरेर नाम, मोबाइल नम्बर, लिन चाहेको सेवा र सेवा लिने मिति राखेर टोकन लिन सक्नेछन् ।

कार्यालयको प्रणालीले एक घण्टामा १५ जना

लाई सेवा दिने गरी समय व्यवस्थापन गर्छ । सोही समयमा अनुसार कार्यालय गएर सेवा लिन सक्नेछन् । उनले थने, ‘सिस्टमले समय दिन्छ । पहिलो १५ जनालाई १० देखि ११ बजे, दोस्रो १५ जनालाई ११ देखि १२ बजे, यसरी समय दिन्छ, ११ देखि १२ बजेलाई समय दिएको सेवाग्राही अरु समयमा आउनुपर्दैन ।’ अनलाइन टोकन लिएर आएपछि मात्रै सेवा दिने गरी व्यवस्थापन भइरहेको उनले वताए । कार्यालयले मङ्सिर १२ गतेबाट लाइसेन्स नवीकरण सेवा सुरु गरेको थियो । सेवा सुरु भएकोसँगै मङ्सिर १३ गतेबाट नै अनलाइन टोकन सुरु गरिएको हो ।


कार्यालयमा अहिले दैनिक ६० भन्दा बढी लाइसेन्स नवीकरण सेवा बारे परामर्श लिन आउने गरेका छन् । तीमध्ये दैनिक ४० भन्दा बढीले नवीकरण सेवा लिने गरेका छन् । कार्यालयले अहिलेसम्म ६०० भन्दा बढी लाइसेन्स नवीकरण गरिसकेको छ । कार्यालयले पेपरकार्ड र स्मार्ट दुबै लाइसेन्स नवीकरणको सेवा दिइरहेको छ ।

प्रतिकृया