अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन
प्रकाशित मिति
२०७८ पुष ३० गते, शुक्रबार १०:३७
३० पुस २०७८, काठमाडौँ : नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ ।
आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो ।
आयोगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गरेको सो मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ ।
Related
Recent News
- शेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? बोर्डले दियो यस्तो ९ बुँदे सुझाव
- भोटेकोशी बाढी प्रभावित बीमितलाई बीमा प्राधिकरणको राहत, ६ महिनासम्म ब्याज नलाग्ने
- दशैँ यात्रा : हवाई टिकट सकिँदै, सडक यातायातको बुकिङ अझै अनिश्चित
- आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया