• १९ असोज २०८३, सोमबार
  • २ः२३ दिउँसो

२ रुपैयाँको सिक्का आजबाट चलनचल्तीमा, कस्तो छ नयाँ सिक्का ?

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०७:१८

३० पुस २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।

National Life

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. TWO र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ । नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन् ।


सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् । सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया