• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जना पक्राउ

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०५:४६

२९ पुस २०७८, काठमाडौँ : वीरगञ्ज महानगरपालिका-३ छप्कैया बस्ने भारत बिहार जिल्ला वैशाली ग्रामपञ्चायत महुवा घर भएका ई-रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा पर्सा छप्कैया बस्ने भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भएका ३० वर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय निकेश पटेल, पर्सा छप्कैया बस्ने भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर घर भएका ५५ वर्षीय सपन मण्डल, छप्कैया बस्ने भारत बिहार घर भएका बक्सर भन्ने ३५ वर्षीय नाजिर हुसैन र छप्कैया बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उनीहरूकै आ-आफ्नो घर ठेगानाबाट पक्राउ गरेको हो ।

Kamana Sewa

प्रदेश-२-०३-००१ ह ६६९ नम्बरको ई-रिक्सा चालक मुख्तार यही पुस २१ गते साँझ आफ्नो रिक्सासहित हराइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-२३ इटियाहीस्थित नारायणी बयोधा अस्पतालको पछाडिपट्टि नहरमा पुस २२ गते मुख्तारको शव फेला पारेको थियो ।

Classic Tech Desktop

अनुसन्धानको क्रममा मृतकको रिक्सा, अभियुक्त सुनीलको १ थान अटो, घटनामा प्रयोग भएको १ थान फलामको रेन्च, अभियुक्तहरूको २ थान मास्क, रगत लागेको अभियुक्तको २ थान सर्ट, रगत लागेको अभियुक्तको १ थान ज्याकेट, रगत लागेको अभियुक्तको १ जोर जुत्ता र सिसीटिभी फुटेजहरू लगायत प्रहरीले बरामद गरेको छ ।


एउटै घरमा बस्दै आएका अभियुक्त सपन मण्डल र मुख्तारबीच झगडा भएको तथा उक्त झगडाको रिसइवी र आर्थिक प्रलोभनका कारण उनीहरू ५ जना र हाल फरार १ जना भारतीय नागरिक समेत मिलेर मुख्तारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया