• २२ जेठ २०८३, शुक्रबार
  • ८:१० बिहान

२४ घण्टामा नेपालमा १४४६ जना नयाँ संक्रमित थपिए २५५ जना निको भए

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ०५:११

२६ पुस २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा १४४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३५७ जना र एन्टिजन परिक्षण गर्दा ८९ जना गरि जम्मा १४४६ जना नयाँ संक्रमित थपिएका हुन् ।


त्यस्तै, पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६० रहेको छ ।

Kamana Sewa

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाले कोरोना परिक्षण गरेका थिए भने दुई लाख १० हजार ५९४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया