• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा खुल्यो जागिर

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार ०२:२४

२५ पुस २०७८, काठमाडौँ :  सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु गरेको छ । कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

National Life

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर सुरेन्द्र पौडेल यही पुस २२ गते निमगबाट बाहिरिएका थिए । पौडेलले आफ्नो कार्यकाल सकाएर बाहिरिसंगै रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्ति प्रक्रिया सुरु गरिएको हो ।


सूचनामा उल्लेख भएअनुसार निगमको कार्यकारी प्रमुख बन्न निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । समितिले तोकेको योग्यता पुगेका इच्छुक आवदकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदन शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । इच्छुकले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ । साथै ३५ वर्ष पूरा भएर ६५ ननाघेका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया