• ६ असोज २०८३, मंगलबार
  • १ः३४ दिउँसो

नारायणहिटीमा विवादास्पद रेस्टुरेन्ट : अख्तियार र मन्त्रालयबाट छानबिन सुरु

प्रकाशित मिति

२०७८ पुष २३ गते, शुक्रबार ०६:३८

२३ पुस २०७८, काठमाडौँ : नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा विवादास्पद ढङ्गले रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा लगाइएको घटनाका सम्बन्धमा दुईवटा निकायबाट छानबिन सुरु भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सङ्ग्रहालयको करिब १० रोपनी जग्गा रेस्टुरेन्टका लागि बतास समूहको बी म्यानेजमेन्टलाई मासिक दुई लाख २१ हजार रुपियाँ भाडामा लगाएको समाचारपछि छानबिन सुरु भएको हो । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट छानबिन सुरु भएको हो ।

National Life

उक्त मन्त्रालयले सोही मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी छानबिन गर्दैछ । समितिका सदस्यहरूमा मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन तयार गरी पेस गर्न निर्देशन दिएको बताउनुभयो । समितिका संयोजक लुइँटेलले बिहीबारबाट नै काम थालिसकेको बताए ।


त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च पदाधिकारीका अनुसार अहिलेसम्म उजुरी कहीँ कतैबाट नआए पनि ऐतिहासिक महत्त्व बोकेको दरबारको जग्गा भाडामा लगाएको विषयमा सूक्ष्म ढङ्गले बुझ्ने काम भइरहेको छ । अख्तियारले विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सूचना सामग्रीलाई समेत छानबिनका लागि आधार मान्ने गरेको र सोहीअनुसार घटनाका सम्बन्धमा छानबिन तथा छलफल भइरहेको जानकारी पनि उनले दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया