• १९ असोज २०८३, सोमबार
  • ११ः२९ राती

२५ वर्षपछि सञ्जय र मनीषा फिल्म ‘हिरामण्डी’मा सहकार्य गर्दै

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ११:४२

२२ पुस २०७८, काठमाडौँ : मनीषा कोइराला र सञ्जय लीला भन्साली झण्डै २५ वर्षपछि फिल्म ‘हिरामण्डी’मा सहकार्य गर्दैछन् । यो फिल्म ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुनेछ । फिल्ममा यसअघि नै हुमा कुरेसी र सोनाक्षी सिन्हा अनुबन्धित भइसकेका छन् ।

National Life

फिल्म ‘गंगुबाई कठियावाडी’को छायांकन पुरा गरेपछि भन्साली ‘हिरामण्डी’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । फिल्मले यौनधन्दामा संलग्न महिलाहरुको एकअर्कामा जोडिएको भाग्यको कथालाई देखाउनेछ । फिल्ममा बलिउडका केही दिग्गज अभिनेत्रीहरु यो फिल्ममा पहिलोपटक एकसाथ देखिँदैछन् ।


पहिलो सिजनमा यो फिल्म ७ भागमा प्रसारण हुनेछ । यसको समयावधि एक घण्टाको रहनेछ । सन् २०२२ मै दोस्रो सिजन पनि सुरु हुनेछ । फिल्मको तीन भाग भन्सालीले नै निर्देशन गर्नेछन् भने बाँकी भागको निर्देशनको जिम्मेवारी विभु पुरीले गर्नेछन् । उनी भन्सालीका सहायक हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया