• १५ असोज २०८३, बिहीबार
  • ८ः१० बिहान

डिशहोमको“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन”अन्तर्गत स्पेन घुम्ने भाग्यशाली विजेताको घोषणा

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०४:१८

१८ पुस २०७८, काठमाडौँ :  डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

National Life

पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत क्यास(Cas) आइडि( ID) नं. ०२५६४०७८६९६ र ०२५५८२५५८२४ छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।


बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउने जनाईएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया