• १३ असोज २०८३, मंगलबार
  • २ः२९ दिउँसो

सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको ओलीको आरोप

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०३:३६

१८ पुस २०७८, काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाएका छन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले उक्त अभिब्यक्ति दिएका हुन् ।

National Life

पूर्वप्रधानमन्त्री ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको टिप्पणी गरेका छन् । पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप उनले लगाएका छन् ।


ओलीले यस नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन प्रवासी नेपालीलाई आग्रह समेत गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया