• ४ साउन २०८३, सोमबार
  • ७:३५ बेलुका

आफैंसँग विवाह, आफैंसँग डिभोर्स

प्रकाशित मिति

२०७८ पुष १२ गते, सोमबार ०६:१७

१२ पुस २०७८, काठमाडौं :  ब्राजिलकी एक मोडलले कोही पनि पुरुष मन नपरेको भन्दै आफैंसँग विवाह गरेकी थिइन्। अहिले भने उनको जीवनमा नयाँ ट्वीस्ट आएको छ ।ब्राजिलियन मोडल क्रिस गलेराले अहिले आएर आफैंसँग पारपाचुके गरेकी छन्। गत सेप्टेम्बरमा ३३ वर्षीया मोडल क्रिसले आफैंसँग विवाह गरेकी थिइन्। ‘म पुरुषहरूसँग भरोसा गर्दागर्दै थाकिसकेकी थिएँ। आफ्ना लागि योग्य पुरुष पनि धेरै खोजें’, उनले भनेकी थिएन्, ‘तर, भनेजस्तो पुरुष पाउन सकिनँ। त्यही कारण आफैंसँग विवाह गर्ने निर्णय गरेकी थिएँ।’


उनले विवाहपछि निकै खुसी रहेको र आफूलाई एक्लो महसुस नभएको बताएकी थिइन्। ‘विवाहपछि म निकै खुसी थिएँ। मलाई कुनै चिजको पनि कमी महसुस भएन। मेरो कोही जीवन साथी भएन भनेर चिन्ता पनि लागेन’, उनले भनेकी थिइन्। तर, अहिले भने उनले पारपाचुके गरेकी छन्।

Kamana Sewa

अरबका एक शेखले उनीसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन्

Classic Tech Desktop


गलेराले पारपाचुके गर्नुको पछाडिको कारण हो, उनको जीवनमा पुरुषको प्रवेश। आफ्नो एक अन्तर्वार्तामा उनले अरबका एक शेखले उनीसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् ।


पहिले ‘विवाहका लागि राम्रो पुरुष पाइनँ’ भन्ने गलेराले अहिले भने आफूलाई मन परेको पुरुष पाएकी छन्। यसका लागि शेखले ५ लाख डलरको अफर दिएको पनि खुलासा भएको छ । ‘मैले ९० दिनसम्म आफैंसँग रोमान्स गरें। आफूलाई खुसी राखेँ। तर, अब मेरो जीवनमा पुरुषको प्रवेश भएको छ’, उनले भनिन्, ‘अब उनीसँगै सम्बन्ध गाँस्ने र जीवनभर पत्नीको भूमिका निभाउने मन छ। ती विशेष मान्छे आएदेखि नै मैले माया र प्रेमको महत्व बुझ्ने मौका पाएकी छु।’


गत सेप्टेम्बरमा गलेराले एक क्याथोलिक चर्चमा विवाह गरेकी थिइन्। विवाह गरेपछि चर्च अघि बसेर फोटोसमेत खिचाएकी थिइन्। सेतो पहिरनमा सजिएकी उनले हातमा फूलको बुके लिएर उन्मुक्त हाँसो हाँसेकी थिइन्। सामाजिक सञ्जालमा उनको तस्बिरको धेरैले प्रसंशा गरेका थिए भने केहीले मज्जाक पनि उडाएका थिए। उनले ती कुराको आफूलाई कुनै परवाह नभएको भन्दै आम मानिस र आफ्नो सोच फरक भएकाले नै आफैंसँग विवाह गरेको बताएकी थिइन्।

  • (एजेन्सीको सहयोगमा)

प्रतिकृया