• १९ असोज २०८३, सोमबार
  • २ः५८ दिउँसो

काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०८:२५

८ पुस २०७८, काठमाडौँ : नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो । जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

National Life

सभापति शेरबहादुर देउवा पक्षले काँग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने नेता विमलेन्द्र निधि र शेखर कोइराला पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादवलाई उम्मेदवार बनाएको छ ।


निधि–कोइराला समूहका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन्। कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्रीय महाधिवेशन पछि हुन लागेको प्रदेश अधिवेशनलाई दुबै पक्षले महत्वका साथ लिएको छ । देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाण दलबलसहित जनकपुरमा छन् । नवनिर्वाचित सहमहामन्त्रीद्वय महेन्द्र यादव, फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल आफ्नो पक्षमा परिणाम निकाल्न कस्सिएर लागेका छन् । यता निधि– कोइराला पक्षका प्रभावशाली नेता जनकपुरमा छन् ।


निधि आफै मैदानमा खटिएका छन् । निधिलाई साथ दिन उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा र उपसभापतिका प्रत्यासी चन्द्रभण्डारी पनि जनकपुरमा छन् । कोइराला पक्षबाट प्रदेश एकका सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका पत्यासी भूपेन्द्रजंग शाही, सहमहामन्त्रीका प्रत्यासीद्वय रामकृष्ण यादव र तेजुलाल चौधरी चुनावी रणनीति बनाउन व्यस्त छन् ।

प्रतिकृया