• २० असोज २०८३, मंगलबार
  • ८ः४७ बिहान

विवाहको भोलिपल्ट श्रीमतीलाई बिना श्रृंगार देख्दा श्रीमान आत्तिए , डिभोर्सको माग

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०२:२४

७ पुस २०७८, काठमाडौँ : विवाह भनेको दुई आत्माको संबन्ध हो । विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिन पाइन्छ । त्यो पनि महिलाको तर्फबाट । यो एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन् । श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन् ।

National Life

इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी श्रीमतीबाट सम्बन्धविच्छेदको माग गरेका छन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।


यी दुईको भेट फेसबुकमा भएको हो । फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए । भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।

Classic Tech Mobile
Classic Tech Desktop

‘म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने । ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु ।’


‘मलाई उनले झुक्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कुरुप देखिन्छिन् ।’


इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।


‘मैले उनलाई बिहान उठेपछि देखेँ, उनको कपाल जिङ्ग्रिङ्ग थियो । र उनलाई जस्तो देखेर विवाह गरेको थिएँ, त्यो भन्दा उनी पूर्ण रुपमा भिन्न देखिएकी थिइन् । ’

अडिटि सेन्ट्रल

प्रतिकृया