• ७ साउन २०८३, बिहीबार
  • ८:५७ बिहान

सहरी विकास मन्त्री झाँक्री एक महिना मिडियाबाट टाढा, यस्तो छ कारण

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार १२:५७

पुष २०७८, काठमाडौं : सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री लगभग १ महिना सोसल मिडिया र मूलधारका सञ्चारमाध्यमबाट टाढा नै रहिन् । झाँक्रीले सहरी विकास मन्त्री हुनासाथ आफूलाई कोभिड र निमोनिया भएकाले र सोसल मिडियामा कम देखिन चाहेकोले पनि मिडियामा निष्कृय रहेको बताइन् ।


उनले भनिन्, “मन्त्री भएपछि मलाई कोभिड र निमोनिया भयो । एक महिनाजसो बिरामी नै परेँ । त्यस कारण मेरो बाहिरी सक्रियता नदेखिएको हो । अरु कुनै कारण छैन ।”

Kamana Sewa

अहिले उनी दैनिक ५ सय जनालाई भेटिरहेकी छन् । “म रोस्टर नै राखेर दैनिक ५ सय मान्छे भेटिरहेकी छु । म व्यक्तिगतभन्दा पनि सामूहिक कुरा गर्छु । मेरा समकालीन र जुनियर साथीहरु प्रेमले आउनुहुन्छ । जिल्लाबाट आउने साथीहरु दुई—पाँच लाखका खुद्रे योजना लिएर आउनुहुन्छ । त्यसपछि मलाई के थाहा भयो हामीले स्थानीय सरकार छ भन्ने अनुभूति दिन सकेका रहेनछौं । जनप्रतिनिधिहरुलाई हामी पनि सरकार हो भन्ने घमण्ड मात्र रहेछ, ” उनले भनिन् ।

Classic Tech Desktop

आफूले मन्त्रालयमा सुशासन, संगठनात्मक र व्यवस्थापन सुधारका काम सुरु गरेको पनि मन्त्री झाँक्रीले बताइन् ।

प्रतिकृया