• १९ असोज २०८३, सोमबार
  • ७ः१३ बेलुका

सुनको मूल्यमा आज पनि गिरावट कतिमा भईरहेको छ कारोबार ?

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ११:३१

७ पुस २०७८, काठमाडौँ : केही दिनयता नेपाली बजारमा लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ ।

National Life

यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।


तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया