• १९ असोज २०८३, सोमबार
  • ११ः५३ राती

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा १२.०७ प्रतिशत लाभांश पारित

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०५:४२

२९ मंसिर, काठमाडौं :  मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरूका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७ र७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० रूपैँया ३८ पैसा लाभांश पारित गरेको हो ।

National Life

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने एक अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५ रूपैँया ७६ पैसा बोनस शेयर र २.०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७७४ रुपैयाँ ६२ पैसा नगद लाभांश पारित भएको बैंकले जानकारी दिएको छ । साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।


यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकन कर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई थप अख्तियारी दिएको प्रदान गरेको छ । साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति तथा थलिएका उद्योग÷व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक÷वित्तीय संस्थाहरूको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौं । पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्धि गर्दै लगिने र अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरू अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं,’ अध्यक्ष शाहले भने, ‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।’


साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाइतर्फ अग्रसर भएको बताइन् । उनले भनिन्, ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग÷व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरूको खोजी गर्दै व्यापार प्रवर्द्धनलाई त्यतातर्फ मोडेका छौं । जसकारण मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको छ ।’


देशभर मेगा बैंकका २०३ वटा शाखा कार्यालयहरू, २४ वटा एक्सटेन्सन काउण्टरहरू, १३९ वटा एटिएम मेशिन तथा ५९ वटा शाखा रहित बैंकिङ केन्द्रहरू रहेका छन् ।

प्रतिकृया