• ४ साउन २०८३, सोमबार
  • ८:२१ बेलुका

२८० कोरोना संक्रमित थपिए,६ को मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०५:०७

२९ मंसिर २०७८, बुधबार : नेपालमा पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१२ जनाको पीसीआर परीक्षणमा २५२ र २ हजार ७८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया