• ४ साउन २०८३, सोमबार
  • ८:२१ बेलुका

श्रीमानलाई परीक्षा दिन लगाएर जागिर खाने शिक्षिकाविरुद्ध मुद्दा

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०२:४४

२९ मंसिर ,काठमाडौं :  शिक्षक सेवा आयोगले लिएको परीक्षामा श्रीमानलाई परीक्षा दिन लगाएर जागिर खाने एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। राजापुर नगरपालिका–८, धोविनपुर बस्ने मनकला र मनिलाल आचार्यविरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो।


बर्दियामा आ.व. २०७४/७५ सालको शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको खुल्ला तथा महिलाको लिखित परीक्षामा श्रीमानलाई लेख्न लगाएर जागिर खाएको अभियोगमा मनकला चौलागाई (आचार्य)विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Kamana Sewa

मनकलाका श्रीमान मनिलाल आचार्यले आफ्नो उत्तरपुस्तिकामा श्रीमतीको रोल नं. लेखी साटासाट गरेको खुलेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

Classic Tech Desktop

मनकलाले झुट्टा विवरण उल्लेख गरी तलब भत्ताबापत सरकारी रकम ६ लाख ७४ हजार ५११ रुपैयाँ हिनामिना गरेकोले बिगो रकमसमेत असुलउपर हुन अख्तियारले मागदाबी लिएको छ।

प्रतिकृया