• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

१९ औँ भक्तपुर क्याम्पस सम्मेलन: अध्यक्षमा दिपेश विसुन्के सर्वसहमत निर्वाचित

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०५:४३

२८ मंसिर २०७८, काठमाडौं : अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीको १९ औँ क्याम्पस सम्मेलनबाट विद्यार्थी नेता दिपेश विसुन्के अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । विसुन्केको अध्यक्षतामा २९ सदस्यीय क्याम्पस कमिटी सर्वसहमत गठन भएको छ ।

National Life

मंगलबार आयोजना गरिएको यस सम्मेलन अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष उमेश आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।


यस सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नारायण घर्ती, स्थाई कमिटी सदस्यहरु संजय दवाडी, पंकज भण्डारी, रमेश श्रेष्ठ सचिवालय सदस्य जयराम बास्तोला अनेरास्ववियुका नेता पुर्व नेता चुडामणी पौडेल लगायत विद्यार्थी नेताहरु र क्याम्पसमा क्रियाशील विद्यार्थीहरुको गौरवमय उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया