निधिलाई भेट्न निवासमै पुगे देउवा, दोस्रो चरणको निर्वाचनमा सहयोग गर्न प्रस्ताब
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ११:४३

काठमाडौं मंसिर २८, २०७८ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेरबहादुर देउवा मंगलबार विमलेन्द्र निधिलाई भेट्न उनको निवासमा पुगेका छन् । निधिलाई भेटेर देउवाले दोस्रो चरणको निर्वाचनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । ससभापति पदका उम्मेदवार निधिले जम्मा २४९ मत ल्याएर उक्त रेसबाट बाहिरिसकेका छन् ।

देउवाले यसअघि सभापति पदकै रेसबाट बाहिरिएका अर्का नेता प्रकाशमान सिंहलाई पनि भेटेका थिए । प्रकाशनमान सिंहले देउवासँगकै भेटमा दोस्रो चरणको निर्वाचनमा आफू र आफ्नो टिमले देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।


देउवा र दोस्रो बढी मत ल्याएका शेखर कोइरालाबीच सभापति पदका लागि आज अपरान्ह ३:३० बजेदेखि मतदान हुने भएको छ।

Related
Recent News
- रास्वपा कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकें: गृहमन्त्री
- ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
- अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति,यस्तो छ सहमति
- रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने
- १० महिनापछि देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
- आजै संसद् खुल्ने सहमति भएको कांग्रेस महामन्त्री थापाको दाबी
- एयर इन्डियाको जहाजमा बम भएको हल्लाले आकस्मिक अवतरण
- तीनकुने घटना प्रकरण: दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान
- हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा
- सूचना संप्रेषणमा मिडिया विश्वसनीय हुनुपर्छ : परराष्ट्रमन्त्री
प्रतिकृया